Monday, July 30, 2012

नेपाली युवामा अचम्मको लहड

अचम्म नमाने हुन्छ। उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला  (foreskin) ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्। यौनमा सक्रियता बढ्छ भन्ने मान्यता  राखेर लिंग ताछ्नेहरूको संख्या बढेको हो। यसलाई अंग्रेजीमा सर्कमसिजन (circumcision) गर्नु पनि भनिन्छ। लिंगको छाला काट्ने युवासँग यस विषयमा जिज्ञासा राखे उनीहरू यसको फाइदाका सम्बन्धमा सरसर्ती वेलीविस्तार लगाउन पछि पर्दैनन्। सुन्नेलाई पनि अचम्म लाग्न  सक्छ। उनीहरूले के गर्न खोजेका हुन् ? अरूले पनि गोप्य रूपमा लिंगको छाला कटाए होला, तर त्यति चर्चा भएन। जब गायक राजेशपायल  राईले आफ्नो लिंगको छाला कटाए तब यसको चर्चा ह्वात्तै चुलियो। यस विषयमा उत्सुकता राख्ने पुरुष अहिले आफू पनि त्यसै गर्न  अस्पताल चहार्न थालेका छन्। यसको सोधखोज गर्नेहरू पनि बढेका छन्।

'छाला काटेपछि त सेक्सको ड्युरेसन पनि बढ्छ रे,' एक युवक जिज्ञासापूर्वक भन्दै थिए- 'काट्ने स्थानचाहिँ कहाँ होला ?' राजधानीका एक  मोडल पनि आफ्नो लिंगको छाला ताछ्न आतुर छन्। साथीभाइको कुरा सुनेर पनि आफू उक्त निर्णयमा पुगेको उनले बताए। युवापुस्ता त छँदैछ, उमेरले ५० नाघेकाहरू पनि लिंगको छाला ताछ्न उत्सुक छन्। भर्खरै बानेश्वरका एक वृद्धले ५६ वर्षको उमेरमा आफ्नो लिंग ताछे।  यौनसम्पर्कको अवधि बढाउन त्यसो गरेको उनले बताए। टेलिभिजनबाट प्रसारित यौन विषयक एउटा कार्यक्रम हेरेपछि आफूले यस विषयमा  जानकारी पाएको उनले बताए। त्यसपछि डाक्टरलाई भेटेर उनले आफ्नो लिंगको छाला कटाए। व्यक्तिको अवस्थाअनुरूप लिंगको छाला काट्नुपर्ने डा. नीरज सुवेदी बताउँछन्। लिंगको छाला काट्नुपर्ने विभिन्न कारण छन्, तर पनि यौनकै लागि उत्सुकताले भरिपूर्ण पुरुषहरू  चिकित्सककहाँ धाउने गरेका छन्। डा. सुवेदी भन्छन्- 'अहिले यौनकै लागि लिंगको छाला काट्न मकहाँ आउने थुप्रै छन्'।

यौनरोगका कारण, धार्मिक कारण, लिंग सफा राख्नबाहेक यौन अवधि बढाउन पनि लिंगको छाला काटिन्छ। 'यौनकै लागि लिंगको छाला  कटाउने बढेका छन्,' डा.सुवेदी भन्छन्- 'उनीहरू टाढा-टाढाबाट पनि आउने गरेका छन्।' केही मिनेटको सामान्य अप्रेसनपश्चात् लिंगको  छाला फ्याल्न सकिने भएकाले पनि पुरुषहरू आफ्नो लिंगको अप्रेसन गर्न तयार छन्। अप्रेसनको एक महिनापश्चात् सामान्य यौनमा उत्तिकै  सरिक हुन सकिने भएकाले पनि उनीहरू लिंगको छाला काट्न तयार भएका हुन्। हाल देशका प्रमुख सहरहरूमा पनि यस्ता अप्रेसन गरिन्छन्।  यद्यपि नेपाली समाज अझै खुला नभएकाले उनीहरू राजधानी आएरै गोप्यरुपमा आफ्नो लिंगको छाला कटाएर जाने गरेका छन्। डा. नीरज  सुवेदीका अनुसार अहिले काठमाडौंमा धरान, पोखरा, विराटनगरबाट पनि यस्तो सर्जरी गर्न चाहने पुरुषहरू आउने गरेका छन्। यसमा सामान्य  अप्रेसनको माध्यमबाट पुरुषको लिंग ढाक्ने छालालाई काटेर निकालिन्छ, जुन छाला तन्किने किसिमको हुन्छ। लिंग उत्तेजित हुँदा वा नहुँदा  यसले आँखाको ढकनीले नानीलाई जोगाएजस्तै लिंगको अग्रभागलाई जोगाउने कार्य गर्छ। यो छालाको फाइदाभन्दा बढी बेफाइदा भएकाले  अहिले त्यसलाई कटाउनेहरूको भिड बाक्लिँदैछ। छालाकै कारणले लिंगमा विभिन्न रोग लाग्छ। यसले फोहोरलाई पनि छोपेर राख्ने भएकाले  लिंगमा विभिन्न संक्रमण हुन्छ। यसले लिंग चिलाउने, पिसाब नली दुख्ने, लिंगबाट नराम्रो गन्ध आउने, घर्षण गराएर चाँडै स्खलन गराउने  भएकाले अहिले यसबाट मुक्तिका लागि कटाउन थालिएको हो। सामान्यतः कीटाणुमार्फत सर्न सक्ने रोगबाट बच्न पनि यसो गर्न थालिएको छ।  यसले पुरुषको यौनकार्यलाई पनि सुधार गर्ने विश्वास गरिन्छ। यसले लिंगको आकार बढाउन पनि मद्दत गर्छ, तर त्यसका लागि भने लिंगमा  कति रक्त प्रवाह हुन्छ त्यसले पनि निर्धारण गर्छ। अगाडिको छाला नखुलेकाहरूमा पनि सामान्य अप्रेसन गरी छालालाई स्वतन्त्र गर्न सकिन्छ।  लिंगको छाला कटाउन २० देखि ३५ वर्षको उमेर उपयुक्त हुनसक्छ। अन्य विविध कारणले लिंगको छाला काट्नेहरू पनि नेपाली समाजमा  प्रशस्तै रहेका पाइन्छन्।

कसरी गरिन्छ कटाइ ?

अप्रेसनमा सहभागी हुने पुरुषले सुरुमा आफ्नो लिंगवरिपरिको रौंलाई सफा गर्नुका साथै लिंगलाई पनि सफा गरेर सम्बन्धित क्लिनिकमा  जानुपर्छ। सर्वप्रथम लिंगलाई ब्लिच सोलुसनले पखाल्ने काम गरिन्छ। सर्जरी सामान्य तरिकाले लठ्याउने औषधीको प्रयोगबाट गर्न सकिन्छ। चे तना शून्य बनाउनुका साथै अप्रेसनको दौरान पीडा कम गराउन मासु मर्ने सुई लगाइन्छ। त्यसपछि लिंगको छालाको अन्तिम भागमा वरिपर  काट्ने चिन्ह लगाइन्छ। माथिल्लोपट्टिको भागबाट पहिले अगाडिबाट छाला काटिन्छ भने छालाको अन्तिम भागसम्म काटिसकेपश्चात् त्यसको  अन्तिम स्थानबाट वरिपरि दुवै पट्टिबाट तलतिर काटिन्छ। त्यसपछि लिंग मुण्डन गरिएपछि काटिएको छालाको पछिल्लो अग्रभाग र नरम मासु  म्युकोसालाई त्यहीं टाँसिने किसिमले सिलाइ गरिन्छ। टाँका जुन निकाल्न पनि सकिन्छ भने स्थायी किसिमको पनि हुन्छ, कुनै आफैं झर्ने  खालका पनि हुन्छन्। त्यसपछि घाउलाई इन्फेक्सन नहुने किसिमले ड्रेसिङ गरिन्छ। १५ देखि २० मिनटमा कटाइ सकिन्छ। यसबाहेक घाउमा  सिलाई गर्न र लिंगको आकारलाई अझ आकर्षक बनाउन समय लाग्छ। लिंगको छाला फ्यालेका व्यक्तिहरू सामान्य उपचारपश्चात् घर जान  सक्छन्। उनीहरूले अस्पतालमा बस्नु आवश्यक हुँदैन। घाउ ७ देखि १० दिनभित्रमा पूर्ण निको हुन्छ। हल्का पीडा मात्र हुन्छ। हाल यस्तो अप्रेसन  गर्न ४ हजार देखि ६ हजार रुपैयाँसम्म लाग्छ।

अन्तर्राष्ट्रिय प्रचलन

पुरुषले लिंग ताछ्ने चलन पुरानै हो। सम्प्रदायको धार्मिक, सांस्कृतिक, सामाजिक मान्यतालाई निरन्तरता दिन र लिंगको औषधी-उपचारका  लागि यसो गरिन्थ्यो। साधारण अप्रेसनबाटै गर्न सकिने यस्तो प्रचलन विश्वभर लोकप्रिय छ। विश्वमा लगभग ३० प्रतिशत पुरुषले लिंग ताछेको  प्रतिवेदन अमेरिकी फेमिली सोसाइटीले दिएको छ। त्यसको दुईतिहाइ संख्या भने मुसलमान छन्। स्वस्थ रहन र यौन फाइदासँगै सामाजिक  मूल्य-मान्यता जोगाउन पनि यो चलन चलेको हो। ताछेका पुरुषमा एचआईभी संक्रमण कम हुने बताइन्छ। इजरायल, संयुक्त राज्य अमेरिका,  क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि यो चलन लोकपि्रय छ। मध्यपूर्व, एसिया र दक्षिण अफ्रिकामा तन्नेरी अवस्थामा लिंग ताछिन्छ। १५  वर्षको उमेरमा मुस्लिम र जेबिस सम्प्रदायका युवामा यस्तो कार्य गरिन्छन्। एक तथ्यांकअनुसार धर्म बाहिरकाले पनि अंगोला, अस्ट्रेलिया,  क्यानाडा, कंगो, इथियोपिया, घाना, इन्डोनेसिया, केन्या, दक्षिण अफ्रिका, माडागास्कर, नाइजेरिया, फिलिपिन्स, गणतन्त्र कोरिया, युगान्डा,  तान्जानिया, संयुक्त राज्य अमेरिकामा पनि पुरुषले लिंग ताछ्छन्। ब्राजिल, चीन, भारत र जापानमा पनि केहीले यस्तो कार्य गरेको पाइन्छ।  मुख्यतः सामाजिक, उपचार, सांस्कृतिक एवं लिंगको सौन्दर्यका लागि यो शल्यक्रिया गरिन्छ। लिंग ताछ्नेहरूको संख्या घटेको पनि छ। दक्षिण  अफ्रिकामा एचआइभी रोक्न पनि पुरुष लिंग ताछिन्थ्यो। अहिले त्यहांको लिंग ताछ्ने दर घटिरहेको अवस्था छ, कारण उनीहरूमा लिंग ताछे पछि कुनै फाइदा हुनुको सट्टा यसले लिंगको संवेदनशीलतालाई घटाएको बताइन्छ।

धर्मले के भन्छ

पुरुष लिंग ताछ्ने चलन कहिलेदेखि सुरु भयो ठ्याक्कै भन्न गाह्रो छ। मुख्यतः धार्मिक रूपमा एक बालकलाई तन्नेरीको पहिचान दिन रीतिका  रूपमा लिंग ताछ्ने प्रचलन सुरु भएको मानिन्छ। यसलाई बालकको मानवताको प्राप्ति, उर्वर जीवनको प्राप्ति र यौन आनन्द प्रदान सक्ने  बनाउन यसो गर्ने चलन चलेको मानिन्छ। हस्तमैथुन रोक्न, सामाजिक प्रतिष्ठा बढाउन, आफूलाई सफा राख्न महिलाका अगाडि आकर्षक दे खिनका साथै लिंग स्वस्थ राख्न गर्ने गरिएको तर्क छ। यहुदी धर्ममा पनि लिंग ताछ्ने चलन छ। साना नानीको जन्मको आठौं दिनमा यो कार्य  गरिन्छ, यसक्रममा मेडिकल विधि अपनाइँदैन। यहुदी समुदायमा ९९ प्रतिशतले यस्तो गरेका हुन्छन्। इस्लाम धर्ममा विश्वास राख्ने पुरुषको  पनि लिंग ताछ्ने चलन छ। मुस्लिम समुदायमा यो अनिवार्य नै छ। आफ्नो धर्मको मूल्य-मान्यता र विश्वासका लागि उनीहरूले लिंगको  छालालाई आफ्नो संस्कारअनुसार फाल्छन्। मुख्यतः भगवानसँग सम्बन्ध राख्न यसो गरिन्छ। तहेरा अर्थात् शुद्धताका लागि पनि यो कार्य  गरिन्छ। मुस्लिमहरूले आफू रहेको स्थानअनुसार समय मिलाएर शिशुको लिंगको छाला निकाल्छन्। शिशु जन्मिएको सातौ दिनमा, कसैले ३ वर्ष  देखि ७ वर्ष बीचमा, जन्मिएको ८ औं दिनमा, ५ देखि १८ वर्षमा पनि यस्तो कार्य गरिन्छ। मुख्यतः यो कार्य आत्मशुद्धताका लागि गरिन्छ। प्राथर् नाका लागि शुद्ध हुन अन्य धार्मिक मान्यता राख्नेहरूले पनि आफ्नो लिंग ताछ्ने इतिहास छ। केही पुरुषले सांस्कृतिक मूल्य-मान्यताअनुरूप  अथवा धार्मिक मान्यताका कारण लिंग ताछ्ने काम गर्छन्। क्रिस्चियन, हिन्दू र बौद्ध धर्मावलम्वी पुरुषमा भने लिंग ताछ्ने काम धर्मअनुरूप  हुँदैन, आफ्नो रुचिअनसार हुन्छ। विश्वका बहुमत पुरुषले यस्तो गरेको पाइँदैन भने केही देशमा भने यस्तो कार्यलाई सांस्कृतिक रूपमा  लिइन्छ। क्रिस्चियन, हिन्दू र बौद्धिष्टहरूमा पनि कसै-कसैले आफ्नो लिंगको छाला कटाएका हुन्छन्। अमेरिकामा १९ औं शताब्दीतिर युवालाई  हस्तमैथुनबाट टाढा राख्न यो चलन चलेको थियो। क्रमशः यो पूरै अमेरिकामा लोकपि्रय हुन पुग्यो। यहुदी धर्म मान्नेहरूले जन्मको आठौं दिन  लिंग ताछ्ने काम गर्छन् भने इस्लाम धर्म मान्नेले जन्मको सातौं दिनमा गर्छन्। यो यौन विकास हुनुभन्दा अघि गरिन्छ, अर्थात् १३ वर्षभित्रमा  गरिन्छ। बच्चा स्वस्थ्य छैन भने यस्तो कार्य गरिँदैन।

इतिहास

लिंग ताछ्ने चलन प्राचीन मिश्रबाट सुरु भएको विश्वास गरिन्छ। लिंग ताछ्ने चलन अफ्रिकाको धेरै जातीय समूहमा छ। प्राचीन समयमा सावर् जनिक समारोहमा पुजारीद्वारा ढुंगाको तीखो ब्लेड उपयोग गरेर लिंग ताछ्ने काम गरिन्थ्यो। विभिन्न रायअनुसार यो एउटा धार्मिक कार्यका  रूपमा सुरु भएको हो। पुरुष प्रजनन क्षमता सुनिश्चित गर्न यौन सुख बढाउने साधनको स्वतन्त्रताका रूपमा एउटा सहयोगको रूपमा पनि  गरिएको पाइन्छ, जुन बेला नियमित नुहाउन सक्ने अवस्था नभएको समयमा, सामाजिक स्थितिको उच्च राख्न पनि यस्तो गर्ने गरिएको  पाइन्छ। हस्तमैथुनलाई हतोत्साही गर्न पनि यसलाई विकल्पका रूपमा लिइन्थ्यो। यसबाहेक महिलाका अघि पुरुषको आकर्षण प्रदर्शनका लागि  पनि गरिएको मानिन्छ। अहिले पनि युवाहरू यसलाई गर्वका रूपमा लिन्छन्। पहिले युवाहरू आफ्नो उच्च दर्जा प्रस्तुत गर्न पनि आफ्नो लिंग  ताछ्थे। यसलाई साहसिक योद्धाको प्रतीकका रूपमा पनि लिइन्छ। १९ औं शताब्दी यो क्रम अझ झन् बढेर गएको थियो। इतिहासअनुसार  धार्मिक अनुभव एवं जातीय पहिचानका लागि प्राचीन सेमिटिक जातिका मानिसले यस्तो कार्य गर्थे जसमा इजिप्सियन र यहुदी पनि थिए।



गराउने के भन्छन् ?

भर्खरै काठमाडौंको एक मेडिकलमा सामान्य रूपमा आफ्नो लिंग ताछेका दिवस (नाम परिवर्तन) भन्छन्— सर्वप्रथम त मैले यस विषयमा  साथीभाइबाट थाहा पाएँ अनि ममा कौतूहल जाग्यो। नभन्दै मैले यसको खोजी गरें। सुरुमा त डर लागेको थियो, तर अहिले सामान्य  अप्रेसनबाट लिंगको छाला फालेको छु। यसले मलाई फाइदा गरेजस्तो लाग्छ। मेरो लिंग एकदमै सफा छ। यौनमा पनि उत्तिकै सरिक हुन  सकेको छु। पहिलेभन्दा समय बढेजस्तो लाग्छ। पहिलेभन्दा अहिले मेरो यौनजीवन सुखद छ। मेरी श्रीमतीले पनि खुबै मन पराएकी छिन्।  अप्रेसन गर्न डराउनु आवश्यक छैन। मन हुनेहरूले गर्दा एकदमै राम्रो।



सबैले गर्नु आवश्यक छ

डा. नीरज सुवेदी

एमबिबिएस/एमएस, नेपाल मेडिकल कलेज, जोरपाटी

कुन बेला छाला काट्न सकिन्छ ?

सचेत भएपछि जोकोहीले गर्न सक्छन्। सबैले गर्नु राम्रो हुन्छ।

किन गर्नु आवश्यक छ ?

मुख्यतः अहिले पुरुषले आफ्नो यौन अवधि बढाउनकै लागि यस्तो शल्यक्रिया गर्ने चलन छ। लिंगलाई सफा राख्न पनि यो आवश्यक छ।

कत्तिको सफल हुन्छ अपरेसन ?

शतप्रतिशत सफल हुन्छ। सेक्समा पनि समय बढेको मैले अप्रेसन गरेकाहरूले भन्ने गरेका छन्।

नेपाली युवाले यसो गर्नु आवश्यक छ त ?

जसले गर्छ उसलाई बढी फाइदा हुन्छ। यसले सम्बन्धित व्यक्तिलाई नै बढी फाइदा छ भने किन नगर्ने ? यो एकदमै आवश्यक छ।

अब नेपालमा पनि यो संख्या बढ्छन्, हैन ?

मानिसहरू सचेत हुँदैछन्, यौनमा खुला हुँदैछन्। विदेशमा ६० प्रतिशत पुरुषले लिंग ताछ्छन्। अब यो नेपालमा पनि बढ्ने अवस्था छ।

Wednesday, July 25, 2012

दिमाग खाने अचम्म पर्ने फोटोहरु

कलात्मक योनीको डिमान्ड बढ्दो

भनिन्छ महिलाहरु आफ्नो अनुहारको छाला नराम्रो हुँदा जति चिन्तित हुन्छन् गुप्तांगको छाला कालो र भद्दा हुँदा समेत त्यसभन्दा बढि चिन्ता गर्ने गर्छन् । यौन मनोविज्ञहरुका अनुसार योनी बाहिरको छालाको रङ मात्र होइन योनीको बाहिरी पत्र बढि बाक्लो भएकोमा समेत महिलाहरुलाई निकै चिन्ता हुन्छ ।
हुनत गरीब देशका महिलालाई आफ्नो योनीको बाहिरी पत्र मोटो भएको कुरामा चिन्ता गर्ने तथा त्यसलाई घटाएर ठिक्कको बनाउन फुर्सद नहोला तर विभिन्न विकशित देशका महिलाहरुको हकमा भने योनीको पत्र आवश्यकता भन्दा बढि मोटो भएको कारण धेरै महिलाहरुको मनमा हिनताबोधले डेरा जमाएर यौन जिवन नै ध्वस्त हुने गरको बताइन्छ । यहीँ कारण विकशित देशमा योनीको शल्यक्रिया गरेर बाहिरी पत्रको मोटाइलाई घटाएर ठिक्कको बनाउने चलन निक्कै बढेको छ ।
योनीको बाहिरी पत्र लेबियाको आकार ठूलो हुँदा त्यसले यौन सन्तुष्टिमा समेत नकारात्मक असर पार्ने, बाक्लो पत्र भएको योनी देख्दैमा कुरुप हुने र त्यसले पुरुष यौनसाथीलाई समेत आकषिर्त गर्न नसक्ने भन्दै धनी देशका महिलाहरु योनीको छालाको शल्यक्रिया गरेर कलात्मक तथा कसिलो योनी बनाउने धूनमा हुन्छन् । लेबियोप्लास्टी भनिने यस्तो शल्यक्रिया गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढेको बताइन्छ । बेलायतमा मात्र अघिल्लो वर्ष २ हजार भन्दा बढि महिलाले यस्तो शल्यक्रिया गरेर आफ्नो योनीको मोटो छाला काटेर योनीलाई कलात्मक बनाएका छन् । यसरी योनीलाई कलात्मक बनाउने धूनमा ११ वर्षका बालिकाहरु समेत क्लिनिक धाउने गरको बताइन्छ । धेरै महिलाहरु यस्तो शल्यक्रिया गरेपछि आफ्नो योनी गर्धनमा बाँधिएको पछ्यौरी जस्तो सुन्दर बन्ने र सोही कारण धेरै युवकहरु आफुप्रति आकषिर्त हुने सपना पालेका हुन्छन् ।
तर चिकित्सकहरु भने योनीको छाला हटाउने यस्तो शल्यक्रिया योनीलाई सोँचेजस्तो कलात्मक बनाउनमा रामवाण नभएको भन्दै यसका केही दीर्घकालीन नकारात्मक असर तर्फ समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् । योनीको बाहिरी पत्रको शल्यक्रिया गरेका महिलाहरु शल्यक्रियापछि पनि आफ्नो योनीप्रति सन्तुष्ट हुन नसकेका भन्दै यसले महिलाहरुमा झनै हिनताबोध हुने गरेको बताइन्छ ।
महिलाहरुमा लेबियोप्लास्टी बढ्दै जाँदा यसका नकारात्मक शारीरिक तथा मानसिक असरहरुमा समेत बढोत्तरी भएकाले बेलायतका प्लास्टिक सर्जनहरुले जथाभावी शल्यक्रिया गर्ने यस्तो प्रवृत्ति रोकिनुपर्ने बताएका छन् । उनीहरुले महिलाहरुलाई यस्तो शल्यक्रिया गर्नुअघि मनोवैज्ञानिक सल्लाह दिइनुपर्ने बताएका छन् ।
यसैबीच बेलायतको एक संस्थाले पनि डिजाइनर योनीको इच्छाका बारेमा बहस सिर्जना गर्न तथा यसका नकारात्मक असरका बारेमा जानकारी गराउन भन्दै एक एनिमेटेड फिल्म निर्माण गरेको छ ।

साभार : Onlinekhabar.com 

Wednesday, July 18, 2012

ज्यूमा रंग पोत्दै नांगिए केटीहरु ( EXCLUSIVE PHOTOS )































पत्रिकामा नांगिए खेलाडीहरु (EXCLUSIVE PHOTOS)


विश्वप्रशिद्द खेलकुद समाचार दिने ESPN को बार्षिक  म्यागेजिन  "BODY ISSUE" मा छापिएको खेलाडीका तस्बिरहरु  यो पटक यस पत्रिका मा 27 खेलाडीका फोटो हरु समाबेश गरिएका छन कभर पेज मा भने मार्सल आर्ट खेलाडी रोंडा रोजीको फोटो समाबेश गरिएको छ

  • डानियला हान्तुचोभा स्लोभाकियाकी टेनिस खेलाडि
  • क्यान्डिस पार्कर अमेरिकी फुटबलर
  • जोसे बटिस्टा क्यानेडाली बेसबेल खेलाडि
  • उक्रेनी अपांग खेलाडि ओक्साना मास्टर्स
  • अमेरिकी बास्केटबल खेलाडि टाइसन चान्डलर
  • माया ग्याबियरा
  • नर्बेजियन गल्फर सुजान पेटर्सन