दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने
रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ
माग्छ ।
अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको
चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा
श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्यो
।
चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले
च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको
देखिन्छ न त नायकले नै कुनै सकस माने ।
चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा
निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु
र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले चलचित्रमा टङ किस
खाएपछि अनलाइनखवरसँग भनिन-’मैले यो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको
दृश्य दिएकी छु ।’ जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १०
मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला
।’
धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर
हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै
कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ ।
मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ
सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले
भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’
छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको
छायांकन हुन कति समय लाग्ला र ?
पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र
सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’
ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने
नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले
सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ ।
No comments:
Post a Comment