Monday, August 27, 2012

तीन वर्षभित्र तिनकुने-माइतीघर फ्लाई ओभर

तीन वर्षभित्र सञ्चालनमा ल्याउने योजनासाथ सडक विभागले तिनकुनेदेखि माइतीघरसम्मको फ्लाई ओभरको विस्तृत डिजाइन तयार पारेको छ।  ६० करोड अनुमानित लागतमा योजना अघि बढाएको विभागले अबको छ महिनाभित्रमा टेन्डर गरी निर्माण सुरु गर्ने बताएको छ। यसका लागि विभागले आइतबार अभियान कन्सल्टेन्सीसहितको सरोकारवाला निकायसित छलफल कार्यक्रम आयोजना गर्‍यो।  कार्यक्रममा डिजाइनको जिम्मा पाएको स्वाइल टेस्ट तथा अभियान कन्सल्टेन्सीका प्रमुख प्रशान्त मल्लले बानेश्वरमा जम्मा १७ मिटर चौडाइसाथ चार लेनको फ्लाई ओभर बनाउने तयारी भइरहेको बताए। त्यसैगरी थापाथलीदेखि सोल्टिमोडसम्म तीन लेनको फ्लाई ओभर बनाउनेबारे अध्ययन भइरहेको उनले बताए।

उनले हाल बानेश्वर सडकमा सडक विस्तार भइरहेकाले त्यहाँ चार लेनको तथा थापाथलीदेखि सोल्टिमोडसम्म घर धेरै पर्ने भएकाले त्यहाँ तीन लेनको सडक बनाउने तयारी भएको बताए।

'थापाथलीदेखि सोल्टीसम्म चार लेनको फ्लाई ओभर बनाउँदा मानिसको घरसम्म पुलले छुने देखियो,' मल्लले नागरिकलाई भने, 'त्यसैले त्यहाँको सुरक्षालाई ध्यानमा राखेर त्यहाँ तीन लेनको सडक बनाउने योजना बनायौं।' उनले त्यसरी बनाइने फ्लाई ओभरका ठाउँठाउँमा तल झर्ने ठाउँ रहने बताए। फ्लाई ओभरले अरनिको तथा त्रिभुवन राजपथलाई समेत जोड्ने हुँदा त्यसमा 'एक्सप्रेस गाडी', दु्त गतिका चारपांग्रे सवारीलाई मात्र छिर्न दिइने उनले जनाए।

तिनकुनेदेखि सोल्टिमोडसम्म क्रमशः जाने यो फ्लाई ओभर सुरुमा तिनकुनेदेखि माइतीघरसम्म निर्माण हुनेछ। जुन १७ मिटर चौडाइसहित ३०/३० मिटरको तीनवटा खम्बामा अडिनेछ। यहाँ पैदलयात्रुका लागि चार तिरबाटै छिर्न मिल्ने तीन मिटर गहिरो तथा छ मिटर फराकिलो भूमिगत सुरुङसमेत रहनेछ। जहाँ छिरेपछि पैदल यात्रुले बाटो काट्नकै लागि बाहिर आउनु पर्दैन।

'काठमाडौंको सबैभन्दा धेरै भीडभाड हुने क्षेत्र बानेश्वर भएकाले हामीले यसैलाई प्राथमिकता दिएका हौं,' सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सरोज प्रधानले भने, 'यसको निर्माण सुरु हुनासाथ अन्तको काम पनि अगाडि बढाउनेछौं।'

विभागले पुरानो बानेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर तथा सोल्टिमोड लगायत काठमाडौंका पाँच ठाउँमा फ्लाई ओभर बनाउन एक वर्षपहिले सोइल टेस्ट प्रालि तथा अभियान कन्सल्टिङलाई अध्ययनको जिम्मा दिएको थियो। विभागले एक करोड ६ लाख रुपैयाँ लागतमा पाँच वटा फ्लाई ओभरको सम्पूर्ण अध्ययनकार्य सक्ने बताएको छ।

अध्ययन क्रममा अभियानले बानेश्वरमा एक साता सिसिटिभी लगाई प्रतिदिन बानेश्वरमा एक लाखसम्म सवारी आवतजावत गर्ने तथा ५० हजार पैदल यात्रु हिँड्ने निष्कर्ष निकालेको थियो।
(नागरिकन्युज.कम   बाट साभार )

 फेसबुक मा share  को लागि तलको LIKE BUTTON  क्लिक  गरि SHARE गर्नु होला!!!!



Sunday, August 26, 2012

अमेरिकामा नेपाली झन्डा को माग उच्च

काठमाडौ, भाद्र ९ -
 नेपालको राष्ट्रिय झन्डा वर्षमा कति उत्पादन होला ? लाग्न सक्छ, केही हजार । होइन, लाखको संख्यामा त विदेशमै पुर्‍याइन्छ ।  सन् २०११ मा नेपालबाट अमेरिकामा मात्रै एक लाखभन्दा बढी झन्डा निर्यात भएका छन्, जसले साढे २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपालबाट भन्साररहित सुविधामा अमेरिका पुग्ने वस्तुको सूचीमा राष्ट्रिय झन्डा चौथो स्थानमा रहेको तथ्यांक अमेरिकाको व्यापार प्रतिनिधि कार्यालय -यूएसटीआर) मा अतिकम विकसित देश हेर्ने अधिकारीले काठमाडौंमा सार्वजनिक गरेका हुन् ।

ग्राह्यता प्रणाली -जीएसपी) भनेको अमेरिकालगायत धनी देशले अतिकम विकसित मुलुकलाई भन्सार नतिरी आपmनो बजारमा प्रवेश दिने विधि हो । यूएसटीआरको जीएसपी उपसमितिका अध्यक्ष बिल ज्याक्सनले सन् २०११ मा नेपालबाट ३ लाख अमेरिकी डलर -झन्डै २ करोड ६४ लाख रुपैयाँ) को नेपाली झन्डा अमेरिका पुगेको बताए । अघिल्लो वर्षभन्दा २०११ मा झन्डै दोब्बर बढी झन्डा अमेरिका निर्यात भएको छ । सन् २०१० मा झन्डै १ लाख ७५ हजार डलरको झन्डा अमेरिका पुगेको उनले बताए ।  चार वर्षयता झन्डाको माग बढेको छ । सन् २००७ मा करिब ७० हजार डलरको झन्डा निर्यात भएको थियो । २००८ र ०९ मा क्रमशः करिब १ लाख ३० हजार, १ लाख ५० हजार डलरको झन्डा निर्यात भएको थियो ।

'नेपाली झन्डा अरूभन्दा फरक भएकाले माग बढेको हुनुपर्छ,' ज्याक्सनले जीएसपीसम्बन्धी एक कार्यक्रममा शनिबार भने, 'झन्डाको निर्यातमा नेपालले भन्साररहित सुविधा पाएकाले माग बढेको हो ।' उनले जीएसपीअन्तर्गत भन्साररहित सुविधा प्रयोगको राम्रो नमुना झन्डाको निर्यात भएको बताए ।

जीएसपीअन्तर्गत सबैभन्दा बढी चाँदीका गहना अमेरिका पुग्छन् । त्यसपछि सिगार र नक्कली गहना । गत वर्षमा १२ लाख डलरको चाँदीका गहना सिगार  १२ लाख र नक्कली गहना ५ लाख डलरको निर्यात भएका थिए ।

'नेपालबाट यति धेरै संख्यामा राष्ट्रिय झन्डा अमेरिका जाने गरेको तथ्यांक अनौठो छ,' तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेले भने, 'नेपाली बढ्नुका साथै अरूलाई पनि आकषिर्त गर्ने खालको भएकाले यसको माग बढेको हुनुपर्छ ।'

पाण्डेका अनुसार एक झन्डाको मूल्य बढीमा ४ डलरसम्म पाइन्छ । उनले नेपालबाटै झन्डा किनेर लानेको संख्या पनि उल्लेख्य भएको बताए । नेपालबाट निर्यात हुने वस्तुको छुट्टाछुट्टै तथ्यांक नभएकाले कति मूल्यका कति झन्डा अमेरिका पुग्यो भन्ने थप विवरण आफूहरूसँग नभएको उनले बताए । सन् २००५ मा तयारी पोसाकमा कोटा प्रणाली खारेज भयो । यससँगै नेपालमा औद्योगिक वातारण बिगि्रँदै गएकाले तयारी पोसाकको निर्यात भने घटिरहेछ । तर पनि तयारी पोसाकमा अमेरिकाले जीएसपी सुविधा दिएको छैन । झन्डाले भने बजाररहित पहँुच पाउँछ । सुविधा नपाउने हो भने झन्डामा पनि ७ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक तेजसिंह विष्टले नेपालीका साथै अमेरिकामा झन्डा संकलन गर्ने शोखका कारण पनि माग धेरै भएको हुनसक्ने बताए । 'अमेरिकी युवा पुस्तामा झन्डा संकलन गर्ने शोख बढेको बताइएको छ,' उनले भने, 'नेपालको झन्डा फरक भएकाले पनि माग बढेको देखिन्छ ।' ज्याक्सनले सन् २०११ मा अमेरिकामा नेपालले ७ करोड ८० लाख डलरको निर्यात गरेको बताए । 

copied from ekantipur.com

Thursday, August 23, 2012

सुष्मालाई रात बिताउन 2 लाखको अफर!!!!!!!

उध्रेको चोलीबाट चर्चामा आएकी नायिका सुष्मा कार्कीलाई हट र सेक्सी नायिकाको रुपमा चिनिन्छ । फक्रेका बक्षमाथि सूर्यआकारको ट्याटु खोपेकी सुष्माले त्यसको प्रर्दशन पनि बडो उदारताका साथ गर्छिन् ।
यस्ती हट नायिकालाई दर्शकले भने सेक्सको मामिलामा मात्र बुझेको सुष्माको गुनासो छ । ‘सबै हिरोइन पैसा लिएर सेक्स गर्छन, सवैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरु धेरै रहेछन’- शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्तर्वाता दिंदै सुष्माले भनिन- कसैले फोन गरेर, कसैले भेटमा र कसैले बाहिरफेर यस्ता कुरा गर्छन् ।’
त्यही सोंचका कारण सुष्मालाई रातको लाखौं रुपैयाँ दिन्छु मसँग सुत्न आइजा भन्दै प्रस्ताव राख्ने रहेछन् । ‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्‍यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु प्लीज भन्न थाल्यो ।’- त्यसपछि मेरो होस हवास उड्यो, फेसबुकमा दुई दिन्छु भन्ने प्रस्ताव पनि आएको थियो ।’
सुष्मा भन्छिन- ‘१-२ लाख सानो रकम हैन, आखिर सुष्मामा केही त छ जसले मानिसलाई आर्कषिर्त गरिरहेको छ । तर पर्दा वा पत्रिकामा बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन भन्ने उहाँहरुले बुझ्नुभएन् ।’
बक्षस्थलमा बनाइएको सूर्यभित्र गुलाफ भएपनि त्यसलाई मान्छे त्यति ध्यान नदिएकोमा सुष्माको गुनासो छ । बाहिर हट भएपनि भित्री मन कोमल रहेको सन्देश सुष्माले यस्तो ट्याटु खोपेकी रे । बक्षस्थल सेक्स सिम्बोल भएपनि उनलाई आफ्नै ओंठ र आँखा मन पर्छन रे ।
फिल्म निर्देशकसँगको ब्रेकअपपछि काममा तल्लीन यी नायिकालाई पुरानो अफयेर सम्भिmने खासै मन छैन् । मामा माइजु र भाइहरुको मायाले गर्दा प्रेमीको माया अभाव महसुस नभएको बताएकी सुष्माले भनिन- प्रेमीले दिने माया बिहे पछिका लागि साँचेकी छु ।’ सुष्माले ग्लामरस जीवनपछिको भबिष्यबारे कल्पना गर्दै भनिन- मलाई पनि एउटा हेण्डसम केटा होस, जसले अब काम धेरै गर्‍यौं, बिबाह गरेर बसौं भनोस भन्ने लाग्छ, आखिर एक दिन त मैले चलचित्र छाड्नैपर्छ ।’

साभार : onlinekhabar.com

Wednesday, August 22, 2012