Sunday, August 26, 2012

अमेरिकामा नेपाली झन्डा को माग उच्च

काठमाडौ, भाद्र ९ -
 नेपालको राष्ट्रिय झन्डा वर्षमा कति उत्पादन होला ? लाग्न सक्छ, केही हजार । होइन, लाखको संख्यामा त विदेशमै पुर्‍याइन्छ ।  सन् २०११ मा नेपालबाट अमेरिकामा मात्रै एक लाखभन्दा बढी झन्डा निर्यात भएका छन्, जसले साढे २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपालबाट भन्साररहित सुविधामा अमेरिका पुग्ने वस्तुको सूचीमा राष्ट्रिय झन्डा चौथो स्थानमा रहेको तथ्यांक अमेरिकाको व्यापार प्रतिनिधि कार्यालय -यूएसटीआर) मा अतिकम विकसित देश हेर्ने अधिकारीले काठमाडौंमा सार्वजनिक गरेका हुन् ।

ग्राह्यता प्रणाली -जीएसपी) भनेको अमेरिकालगायत धनी देशले अतिकम विकसित मुलुकलाई भन्सार नतिरी आपmनो बजारमा प्रवेश दिने विधि हो । यूएसटीआरको जीएसपी उपसमितिका अध्यक्ष बिल ज्याक्सनले सन् २०११ मा नेपालबाट ३ लाख अमेरिकी डलर -झन्डै २ करोड ६४ लाख रुपैयाँ) को नेपाली झन्डा अमेरिका पुगेको बताए । अघिल्लो वर्षभन्दा २०११ मा झन्डै दोब्बर बढी झन्डा अमेरिका निर्यात भएको छ । सन् २०१० मा झन्डै १ लाख ७५ हजार डलरको झन्डा अमेरिका पुगेको उनले बताए ।  चार वर्षयता झन्डाको माग बढेको छ । सन् २००७ मा करिब ७० हजार डलरको झन्डा निर्यात भएको थियो । २००८ र ०९ मा क्रमशः करिब १ लाख ३० हजार, १ लाख ५० हजार डलरको झन्डा निर्यात भएको थियो ।

'नेपाली झन्डा अरूभन्दा फरक भएकाले माग बढेको हुनुपर्छ,' ज्याक्सनले जीएसपीसम्बन्धी एक कार्यक्रममा शनिबार भने, 'झन्डाको निर्यातमा नेपालले भन्साररहित सुविधा पाएकाले माग बढेको हो ।' उनले जीएसपीअन्तर्गत भन्साररहित सुविधा प्रयोगको राम्रो नमुना झन्डाको निर्यात भएको बताए ।

जीएसपीअन्तर्गत सबैभन्दा बढी चाँदीका गहना अमेरिका पुग्छन् । त्यसपछि सिगार र नक्कली गहना । गत वर्षमा १२ लाख डलरको चाँदीका गहना सिगार  १२ लाख र नक्कली गहना ५ लाख डलरको निर्यात भएका थिए ।

'नेपालबाट यति धेरै संख्यामा राष्ट्रिय झन्डा अमेरिका जाने गरेको तथ्यांक अनौठो छ,' तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेले भने, 'नेपाली बढ्नुका साथै अरूलाई पनि आकषिर्त गर्ने खालको भएकाले यसको माग बढेको हुनुपर्छ ।'

पाण्डेका अनुसार एक झन्डाको मूल्य बढीमा ४ डलरसम्म पाइन्छ । उनले नेपालबाटै झन्डा किनेर लानेको संख्या पनि उल्लेख्य भएको बताए । नेपालबाट निर्यात हुने वस्तुको छुट्टाछुट्टै तथ्यांक नभएकाले कति मूल्यका कति झन्डा अमेरिका पुग्यो भन्ने थप विवरण आफूहरूसँग नभएको उनले बताए । सन् २००५ मा तयारी पोसाकमा कोटा प्रणाली खारेज भयो । यससँगै नेपालमा औद्योगिक वातारण बिगि्रँदै गएकाले तयारी पोसाकको निर्यात भने घटिरहेछ । तर पनि तयारी पोसाकमा अमेरिकाले जीएसपी सुविधा दिएको छैन । झन्डाले भने बजाररहित पहँुच पाउँछ । सुविधा नपाउने हो भने झन्डामा पनि ७ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक तेजसिंह विष्टले नेपालीका साथै अमेरिकामा झन्डा संकलन गर्ने शोखका कारण पनि माग धेरै भएको हुनसक्ने बताए । 'अमेरिकी युवा पुस्तामा झन्डा संकलन गर्ने शोख बढेको बताइएको छ,' उनले भने, 'नेपालको झन्डा फरक भएकाले पनि माग बढेको देखिन्छ ।' ज्याक्सनले सन् २०११ मा अमेरिकामा नेपालले ७ करोड ८० लाख डलरको निर्यात गरेको बताए । 

copied from ekantipur.com

No comments:

Post a Comment