Friday, May 4, 2012

देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि….

यो गीत चलचित्र ‘लक’ को हो । नेपाली सिनेमामा आईटम गीत राख्ने क्रममा चलचित्र लक पनि मुक्त हुन सकेन । ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रको एक आईटम गीतमा यस्तै शब्द रहेको छ । पैसा तिरेपछि सबै कुरा देख्न पाईने भन्दै सेक्सी आईटम गीत गर्ने मोडल हुन्, सम्झना प्याकुरेल ।

देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि
जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति………..

चलचित्र चलाउनका लागि आईटम गीत राख्नुपर्छ र त्यसमा नायिकाको या मोडलको मस्त जवानी देखाउनु पर्छ भन्ने सोच हावी हँुदै गएको बेला ‘लक’मा पनि यस्तै एक आईटम गीत राखिएका छ । यो गीतको शब्द निर्देशक ऋषि न्यौपानले नै कोरेका हुन् । 


चलचित्रको गीतले अझ यस्तो पनि भन्छ

…….गाला मेरो फुटेको छैन
अलिकति चर्केको छ, नपत्याए आउ जाँच्न पाईन्छ
तर पैसा तिरेपछि………..

यो गीतले भन्न खोजेको कुरा अर्थ लगाउँदै जाने हो भने निकै अश्लिल हुन्छ । गीतको मुख्य बोलले भने यस्तो छ:
आखा झिमिक्क, माल गायव………..

यसरी चलचित्र ‘लक’मा समावेश गरिएको यो गीतले नेपाली चलचित्रको आईटम गीतको दृश्य मात्र होइन, शब्द पनि उच्छृङखल र अश्लिलता तर्फ लागेको देखिन्छ । गीत संगीत कि त अश्लिल कि त हुबहु चोर्ने प्रवृत्ति बढेको छ । चलचित्र ‘थ्यांक्यु’को गीतलाई नै हेर्न सकिन्छ :

कान्छी बदनाम भई डार्लिङ तिम्रो लागि………….

नेपाली चलचित्रका गीतमा यस्तो शब्द समावेश हुनुलाई के भन्ने ? आईटम गीत भन्ने बित्तिकै नायिकालाई नंग्याउनुपर्छ र अश्लिल शब्द राख्नुपर्छ भन्ने त छैन नि ।

No comments:

Post a Comment