
१. पोनोग्राफीको रंगीन दुनियामा प्रवेश गर्नुअघि सन्नी लियोनले पेडियाटि्रक नर्स पढ्दै थिइन् ।
२. सन्नी लियोनले आफ्नो पहिलो ब्लु फिल्ममा केवल महिलासँग मात्र खेल्ने सम्झौता गरेकी थिइन् ।
३. सन्नी लियोनको पहिलो पोर्न चलचित्र सन् २००४ को द गर्ल नेक्स डुअर हो ।
४. सन् २००४ मै सन्नी लियोनले पोर्न कर्मीहरुको अभियानमा साथ दिँदै अरु पोर्नस्टार सँगै सार्वजनिक रुपमा आफ्नो गुप्तांगका रौँ खौरिएकी थिइन् ।
५. सन्नी लियोनलाई बुवाआमाले क्याथोलिक स्कुलमा हालेका थिए । सार्वजनिक स्कुलमा पढाउँदा छोरी बिगि्रएली भनेर बुवाआमाले कडा अनुसासन भएको क्याथोलिक स्कुलमा सन्नीलाई पढ्न पठाएका थिए ।
६. सन्नी लियोन सानैदेखि कामकाजी केटी थिइन् । उनले १५ वर्षकी हुँदा नै एक बेकरीमा काम गर्थिन् ।
७. सन्नी लियोनले सन् २००५ मा भारतको एमटीभी अवार्ड प्राप्त गरेकी थिइन् ।
८. सन्नी लियोनले पोर्न चलचित्र तर्फ ओस्कार अवार्ड मानिने एभीएन अवार्ड हात पारेकी छिन् । उनले पोर्न फिल्म भर्चुअल भिभिड गर्ल सन्नी लियोनका लागि उक्त अवार्ड हात पारेकी हुन् ।
८. सन् २०१० मा पुरुषहरुको चर्चित म्यागेजिन म्याक्सिमले सन्नी लियोनलाई उत्कृष्ट १० पोर्नस्टारको सूचिमा राखेको थियो ।
९. सन्नी लियोनले प्लेब्वाइ इन्टरप्राइजेजका उपाध्यक्ष म्याट इरिक्सनसँग इन्गेजमेन्ट समेत गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समयसम्म टिकेन । यद्यपि सन्नी र र म्याट अहिले पनि राम्रो साथीको रुपमा रहेका छन् ।
१०. सन्नी लियोनको पहिलो मूलधारको बलिउड फिल्म जिस्म-टू हो । जसको शूटिङ अहिले भैरहेको छ ।
No comments:
Post a Comment