Saturday, May 12, 2012

राजेश हमाल र सुष्मा कार्कीको रोमान्स

नायक राजेश हमाल र नायिका सुष्मा कार्कीले एक चलचित्रका लागि मज्जैले रोमान्स गरेका छन् । चलचित्र ‘मेरो जिवन साथी’ मा यि दुईले गरेको रोमान्सले छायांकनको समयदेखि नै चर्चा वटुलेको थियो । नायिका सुष्मा कार्की र राजेश हमालले मज्जेले वेड सिन दिएका थिए । वेड सिनका कारण चर्चा वटुलेको चलचित्र ‘मेरो जिवन साथी’लाई भदौ १५ मा रिलीज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।
तर निर्देशक दिवाकर भट्टराईले भने राजेश र सुष्माको रोमान्स समय हेरेर सार्वजनिक गर्ने वताएका छन् । नेपाली सिनेमामा सेक्स र वेड सिनको अहिले ट्रेन नै चलेको छ । यदि यही ट्रेनले निरन्तरता पाएमा चलचित्रको प्रोमोमा राजेश र सुष्माको पर्दाको रोमान्सले स्थान पाउने छ ।  चलचित्रमा यि दुई कलाकारका साथै रेखा थापा, रेश महरठ्ठा, रागीनी खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा नायिका रेखा थापालाई समेत फरक गेटअपमा देख्न सकिन्छ । भारतमा समेत ‘मेरे जिवन साथी’ नामको सिनेमा वनिसकेकाले यो सिनेमा पनि त्यस्तै त होईन ? भन्ने प्रश्नमा निर्देशक भट्टराईले वलिउडको सिनेमासँग आफुहरुको सिनेमामा केही नमिल्ने वताए । चलचित्र निर्देशकका लागि आफुले गरेको सिनेमा भएकाले सिनेमा चलाउन कुनै कसर वाँकी नराख्ने उनले वताए । यसरी, अहिलेकी हट नायिका सुष्मा कार्की र चर्चित नायक राजेश हमालको रोमान्सले काम गर्ला या नगर्ला यो पर्खाईको विषय बनेको छ ।

No comments:

Post a Comment