लन्डनमा सुन्दर तरुनी देखेपछि मन विचलित भयो कि क्या हो !
म जोगी बनिसकेँः मनीषा कोइराला, नायिका
श्रीमान् मन नपरेपछि के गर्नु त !
टङ किस त के बेड सिन पनि दिन्छुः जिया केसी, नायिका
बेड सिनमा बानी परेपछि टङ किसमा के मज्जा, हैन त ?
मेरो सिर्जनाले चलचित्र 'फूल'लाई सिंगारेको छः रेखा पौडेल, संगीतकार
तर त्यो 'फूल' त फक्रिन नपाई ओइलायो नि !
मैले जे गरें चपली हाइटको पात्र भएर गरेँः बिनिता बराल, नायिका
वास्तविक जीवनमै त्यसो गर्यो भने वित्यास पर्दैन भन्या ?
युरोपमा कमाइ होइन घुमघाम मात्र भैरहेको छः रेजिना उप्रेती, नायिका
दुई दिन घुम्दैमा कमाउन थालियो भने त मान्छेले अर्कै अर्थ लगाइहाल्छन् नि !
डेटिङमा जानेहरूले उपयुक्त ठाउँ पाउनुपर्यो निः निशा अधिकारी, नायिका
कोसँग डेटिङ जाने हो, त्यो खुलाउने हो भने स्पट त हामी भनिदिन्छौं नि !
स्क्रिप्ट मन परेकाले 'बिन्दास' मा अभिनय गर्न तयार भएँः सुष्मा कार्की, नायिका
पारिश्रमिक (साढे ३ लाख) मन पर्यो कि स्क्रिप्ट ? कुरा स्पष्ट भएन नि।
हामीकहाँ धेरैजसो कलाकार परनिर्भर छन्ः अनुप बराल, अभिनेता
देश नै आत्मनिर्भर छैन भने कलाकारको के कुरा बराल बा ?
No comments:
Post a Comment