चलचित्र ‘हो यही माया हो’ बाट नेपाली
रजतपटमा प्रवेश गरेकी नायिका जिया के.सीको हालसम्म कुनै पनि सिनेमा रिलिज
भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा
जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा
खेलिसकेकी छिन् । कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु
यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन ।
· सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो भयो त ?
आउन त त्यति धेरै गाह्रो भएन । तर काम गर्दै जाँदा यहाँ कसरी टिकीरहने
भन्ने कुरामा भने धेरै नै सोचाई आउँदो रहेछ । मलाई सबैले माया गर्नु भएको
छ, यसैले पनि म यो क्षेत्रमा नै अगाडि बढ्छु भन्ने लागेको छ ।
· आधादर्जन भन्दा बढी सिनेमा खेल्नु भयो, तर कुनै पनि रिलीज नहुँदा दिक्क लागेको छैन ?
दिक्क त लाग्छन् नि । सबै सिनेमा क्युमा बसेका छन् । यसैले पनि अब सबै सिनेमा लगालग रिलीज हुन्छन् ।
· भोलि गएर सिनेमा चलेपछि काम नै नपाईने कुरामा डर त लाग्दैन नि ?
डर त लागि हाल्छ नि । तर पनि सिनेमा ˆलप भएर पनि कलाकार हिट भएका धेरै उदाहरण छन् नि ।
· ‘ए.टी.एम.’ मा उत्तेजित्त दृश्य दिनुभएको छ भन्ने सुनिएको छ । के अब चलचित्रमा टिक्नका लागि यस्तै गर्नुपर्ने हो ?
टिक्नका लागि होइन । अहिलेको पुस्ताले जस्तो सिनेमा खोज्छन् । यस्तै सिन त दिनै पर्यो नि हैन र ।
· तपाई एउटै क्याम्पमा काम गर्नुहुन्छ भन्ने आरोप छ नि ?
मैले त्यस्तो गरेको छैन । मैले सबैसँग काम गरिरहेको छु ।
मैले त्यस्तो गरेको छैन । मैले सबैसँग काम गरिरहेको छु ।
· सिनेमा खेल्नका लागि सेक्स प्रस्ताव कत्तिको आए ?
भमराहरु फूल भएपछि वरपरी त आईहाल्छन् नि । तर पनि आफूमा कन्पिडेन्स भएपछि यस्ता कुराहरुले केही फरक पार्दैन ।
· तपाईलाई आफु कत्तिको सेक्सी छु जस्तो लाग्छ ?
म एकदमै सेक्सी छु ।
· आफ्नो अंगमा कुन अंग सेक्सी लाग्छ ?
मलाई साथीहरुले त नाक सेक्सी छ भन्छन् । तर मलाई भने आँखा र ओठ सेक्सी लाग्छ ।
· दिनमा कति पटक सेक्सका बारेमा सोच आउँछ ?
आफ्नो घरमा श्रीमान् भएको भए यस्तो सोच आउँथ्यो होला । अर्कोतिर मन
मिल्ने केटासाथी भएको भए पनि आउन सक्थ्यो । तर दुवै नभएकाले यस्तो सोच
आउँदैन मलाई ।
· तपाईलाई सेक्स गरौँ –गरौँ लाग्ने कोही पुरुष छन् ?
मलाई नेपालका नायक राजेश हमाल र आर्यन सिग्देल अनि बलिउडका अर्जुन रामपालले सेक्स आकर्षण गर्छन् ।
· यदि राजेश हमालले सेक्स प्रस्ताव राखे के गर्नुहुन्छ ?
म अहिले नै भन्न सक्दिन । उहाँसँगको भेटमा नै थाहा हुन्छ के गर्छु भनेर ।
· नेपालमा कुन नायक तपाईलाई कामुक लाग्छन् ?
आर्यन सिग्देल, सुमन सिं हर राजेश हमाल ।
· ब्लु फिल्म हेर्नुहुन्छ ?
मैले यस्तो फिल्म धेरै पटक हेरेको छु ।
· यस्तो सिनेमा हेर्दा कस्तो हुन्छ तपाईलाई ?
कुनै सिनेमा बीच भागसम्म मात्र हेरेको छु, कुनै पुरै पनि हेरेको छु । ब्लु फिल्म हेर्दा कस्तो काउकुती लागेको जस्तो हुन्छ ।
· ब्लु फिल्म हेरिरहँदा कुनै युवकसँग सेक्स गर्ने चाहना उत्पन्न हुन्छ कि हुँदैन ?
आफुलाई मन पर्ने युवक नजिकै भए पक्कै पनि सम्बन्ध हुन्छ होला ।
· ब्लु फिल्म हेर्दा त्यसमा अभिनय गर्ने पुरुष या महिला को प्रति ध्यान जान्छ ?
पक्कै पनि पुरुष तर्फ नै जान्छ । ब्लु फिल्ममा खेल्ने पुरुष क्या सेक्सी रहेछ, कस्तो सुन्दर युवक रहेछ भन्ने यस्तै यस्तै सोच आउँछ ।
· आफ्नो यौन चाहना कसरी पुरा गर्नुहुन्छ ?
मैले अहिलेसम्म यस्तो केही पनि गरेको छैन । अनुभव छैन मसँग यस्ता विषयको ।
· अचेल बजारमा कृत्रिम यौनांग पनि आएका छन्, प्रयोग गर्नु भएको छ ?
छैन, अहिलेसम्म यस्ता साधन प्रयोग गरेको छैन । तर मैले सुनेको भने छु ।
· तपाईलाई सेक्स गर्दा कस्तो क्षण होस् भन्ने लाग्छ ?
मलाई सेक्स गर्दा जाडो मौसम होस् जस्तो लाग्छ ।
· सेक्स गर्दाको क्षणमा कस्तो आसन प्रयोग गर्न मन लाग्छ तपाईलाई ?
मैले अहिलेसम्म गरेको छैन । गरेपछि अवश्य पनि भन्नेछु ।
· अहिलेसम्म सेक्स सम्बन्ध राखेको छैन भन्नुभयो । कहिलेकाहीं अनुभव गरौं जस्तो लाग्दैन ?
त्यो बेला आएपछि नै हुने कुरा हो । यदि आफ्नो केटा साथी भएको भए उसँग डेटमा गएको बेला भएको भए पक्कै पनि हुन्थ्यो होला ।
· आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो रहेछ जस्तो लाग्छ ?
सधैँ देखेको शरीर हो कस्तो लाग्नु र । तर पनि मेरो शरीर छिः भन्ने खालको भने छैन ।
· कहिलेकाहीँ नाङ्गै नुहाउँदा कुनै पुरुष अगाडि आयो भने ?
त्यो समयमा त लाज पनि डर पनि लागिहाल्छ नि । अगाडि जे लुगा छ त्यही लगाएर बाहिर आउँछु ।
· भुतको बारेमा सुन्नु भएको छ ?
सुनेको त छु । तर मलाई विश्वास भने लाग्दैन ।
· आफ्नो कम्मर भन्दा माथिको कुनै भाग हटाउनु पर्यो भने कुन हटाउनुहुन्छ ?
म कुनै पनि भाग हटाउँदिन । तर कपाल झरेको झरै गर्छ । यसैले कपाल देखि दिक्क भने लाग्छ ।
· अब कस्तो सिनेमा गर्न मन लागेको छ ?
जस्तो सुकै आएपनि गर्छु । तर भुमिका भने राम्रो हुनुपर्छ ।
· अन्त्यमा, हाल ए.टी.एम. सिनेमामा अभिनय गर्दै हुनुहुन्छ, कस्तो भुमिका छ यसमा ?
यो सिनेमाले युवालाई मुख्य लक्षित गरेको छ । यसमा मेरो मोनिला नाम गरेको एक चुलबुले युवतीको भुमिका छ । चकलेटी खालको छ ।
साभार : onlinekhabar
No comments:
Post a Comment