Friday, April 20, 2012

२१ यौनजोडी रंगेहात पक्राउ

७ वैशाख, चितवन । चितवनको नारायणगढ र भरतपुरका विभिन्न होटलमा दिउँसै यौन क्रियाकलापमा संलग्न २१ जोडीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले यौन क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । चितवनका प्रहरी नायव उपरीक्षक रवी पौडेलको नेतृत्वमा गएको टोलीले नारायणगढमा रहेको माडी होटल, सगरमाथा होटल, चितवन होटल, नेपाल गेष्ट हाउस, दिव्य गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।
प्रहरीले पक्राउ परेकाको परिचय भने खुलाएको छैन । पक्राउ परेकामा १७ देखि ५५ वर्ष उमेर समूहका रहेका उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment