Monday, April 30, 2012

गर्लफ्रेन्डको बुबुले पुरायो जेलमा

आफ्नी गर्लफ्रेन्डको वक्षस्थलको तस्वीर इन्टरनेट मार्फत सार्वजनिक गरेको आरोपमा अस्ट्रेलियामा एक मानिस कानुनको फन्दामा परेका छन् । यसअघि पनि सैयौँ प्रहरी अधिकारीहरुको निजि मामिलाका विषयमा विभिन्न जानकारी इन्टरनेट मार्फत चोरी गर्ने काममा सक्रिय रहेको भनिएका हिगिनियो ओ ओशोका नामका व्यक्तिलाई त्यहाँका सुरक्षा अधिकारीहरुले पक्राउ गरेको हो ।
आफ्नी गर्लप|mेन्डको ब्रेस्टको अश्लील तस्वीर टि्वटरमा पोस्ट गरेको आधारमा उनी गिरफ्तारमा परेका हुन् । ओशोओले उक्त तस्वीर आफ्नो आइफोनले खिचेका थिए र आइफोनबाटै टि्वटरमा अपलोड गरेका थिए । फोटो अपलोड गर्ने क्रममा उनले यो ध्यान दिएनन् की तस्वीर पोस्ट गर्दाखेरी उनको भौगोलिक अवस्थिति पनि टि्वटरमा शेयर हुन्छ । आखिर सोही भौगोलिक अवस्थितिको जानकारीको आधारमा उनलाई पक्राउ गरियो ।
उनी पेशेवर ह्याकर भएको तथ्य पनि पत्ता लागेको छ । पक्राउ पर्ने बेला उनी मेलबर्न स्थित आफ्नै घरमा थिए ।

No comments:

Post a Comment